महेश बस्नेतको टिप्पणी- निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखियो

२०८२ माघ ०२ शुक्रवार
सारांश
  • संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु विडम्बनापूर्ण र चिन्ताजनक विषय भएको बताएका छन् ।

काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले गगन थापा पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिनु दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार भएको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु विडम्बनापूर्ण र चिन्ताजनक विषय भएको बताएका छन् ।

 

उनले भनेका छन्- 'नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो । यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको छ ।' 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार