८८५ जनाले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दाबी, आयोगले भन्यो- विधि र पद्धति अनुसार निर्णय गर्छौं
२०८२ माघ ०२ शुक्रवार
- आयुक्त भण्डारीले आयोगले संबिधान, ऐन कानुन अनुसार नै निर्णय लिने स्पष्ट गरेका हुन् ।
काठमाडौं: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काँग्रेसको विवादको विषयमा विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।
काँग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संबिधान, ऐन कानुन अनुसार नै निर्णय लिने स्पष्ट गरेका हुन् ।
कार्यवाहक सभापति खड्काले सो अवसरमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ८८५ जना आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै सो को विवरण आयोगमा बुझाएका थिए । उनले विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएको र विधि सम्मत नभएको दाबी गर्दै आफुहरुले नै आधिकारिकता पाउनु पर्ने बताएका थिए ।
सो अवसरमा काँग्रेस नेता शेखर कोइरालाले ४० प्रतिशत म्हाधिवेशन प्रतिनिधिले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यविधि केन्द्रीय समितिले बनाउनु पर्ने व्यवस्था रहेको बताए । कुनै पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार काँग्रेसको विधानले नदिएको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।