पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो- गगन थापा
२०८२ माघ १ विहिवार
- आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका निर्णयलाई अध्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबि गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् ।
पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका सभापति थापाले पार्टी नफुटेको बताउदै आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका निर्णयलाई अध्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।
थापाले अधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय बारे आयोगलाई जानकारी गराएको र आफुहरुले निर्वाचन आयोगलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । उनले आयोगका पदाधिकारीले आज दोहोरो संवाद नगरेको र आयोगले ढिलोमा पर्सिसम्म यस अध्यावधिक गर्ने आफुहरुले विश्वास व्यक्त गरेको प्रतिक्रिया दिए । आयोगमा उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’