देउवा नेतृत्वको केन्द्रीय समिति अस्ति नै भंग भएको हो, निर्णयप्रति प्रतिक्रिया छैन- गगन थापा
२०८२ पुष ३० गते बुधवार
- थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए ।
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग भएर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए ।
सानेपाको केन्द्रीय समिति अस्ति नै भंग भएकाले त्यसले गर्ने निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’