- भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक केहीबेर अघि सुरु भएको हो ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बैठकमा विशेष महाधिवेशन पक्षधरले पठाएको आठबुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।
शेष महाधिवेशन पक्षले पठाएका प्रस्तावमा सभापति शेरबहादुर देउवा पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा जाने, निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने, विशेष महाधिवेशन पक्षधरलाई समेटेर संसदीय बोर्ड गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने लगायत रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’