कांग्रेसकाे विशेष महाधिवेशन : मनोनयनमा आउन सभापति देउवालाई आब्हान
२०८२ पुष २९ गते मङ्गलवार
- उनीहरुले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आब्हान समेत गरे ।
काठमाडौँ: नेपाली कांग्रेसकाे विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् । उनीहरुले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आब्हान समेत गरे ।
मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरु नेतृत्व परिवर्तनका पक्षमा रहेको बताए ।
नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरू यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समिति संयोजक सुवास पोखरेलले बताए । उनले संस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू गरिएको पनि स्पष्ट पारे । संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरे।
उनले संस्थापन पक्षसँग संवाद जारी रहे पनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अब नरोकिने बताए । प्रतिनिधिहरु देउवा पक्षसँग वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पनि पारे । देउवा पक्षका नेताहरूले अफबाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने, ’यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन ।’
उनले अगाडि भने, ’हामीले भागबण्डा गर्न पठाएका होइनौँ । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’ कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए । राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।