गगन थापालाई एमाले महासचिव पोखरेलको जवाफ- हामी 'दास' होइनौं, 'स्पार्टाकस' हौँ
२०८२ पुष २८ गते सोमवार
- जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्ने बताएका छन् ।
काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जवाफ दिदै आफुहरु दास नभएर 'स्पार्टाकस' भएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने भन्दै ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका हुन् ।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले काँग्रेस दास र लाश भएको पार्टी नभएको भन्दै पार्टीमा प्रश्न नमरेको र कोहि 'बा' पनि नरहेको भन्दै एमाले लक्षित टिप्पणी गरेका थिए । महासचिव पोखरेलले महामन्त्री थापाको सोहि टिप्पणीको जवाफ दिदै ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताउदै ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्ने बताएका छन् ।
उनले भनेका छन्:
यसरी पनि सोच्न सकिन्छ- भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’