समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने

२०८२ पुष २८ गते सोमवार
सारांश
  • नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।

काठमाण्डौ, २८ पुष । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्‍याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो ।

 

नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।

 

आयोगले भनेको छ- 'फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२/०९/१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम समानुपातिक निर्वाचन अधिकृतको कार्यालय,, निवाचन आयोग, काठमाडौँबाट बिहान १० बजेद्केही दिउसो ४ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार