सभापति देउवा छलफलमा: पदाधिकारीदेखि कानुन व्यवसायीसँग परामर्श
२०८२ पुष २८ गते सोमवार
- महाराजगन्जस्थित आफ्नै निवासमा देउवा आफु निकट पदाधिकारीसँग पछिल्लो परिस्थिति बारे परामर्श थालेका हुन् ।
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकट नेताहरुसँग छलफल शुरु गरेका छन् ।
महाराजगन्जस्थित आफ्नै निवासमा देउवा आफु निकट पदाधिकारीसँग पछिल्लो परिस्थिति बारे परामर्श थालेका हुन् । देउवाले काँग्रेस नेता डा. शेखर कोइरालालाई पनि छलफलमा बोलाएका छन् ।
विशेष महाधिवेशन पक्षधरले बन्दसत्रबाट वर्तमान केन्द्रीय समितिको कार्यकाल सकिएकाले यसलाई भंग गरेर १५औं महाधिवेशन नभएसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि पारित गरेपछि सभापति देउवासहितका संस्थापन पक्षका नेताहरु तरंगित भएका छन् । देउवाले यस विषयमा कानुन व्यवसायीहरुसँग पनि परामर्श गरेको बताइएको छ ।
विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’