काँग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अग्रसर, देउवा र कोइराला छलफलमा
२०८२ पुष २८ गते सोमवार
- सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आफु पक्षका नेताहरुसँग समेत छलफल गरेका छन् ।
काठमाडौँ : नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडी बढेपछि संस्थापन पक्षमा हलचल मच्चिएको छ ।
सभापति देउवाले पार्टी एकताको आव्हान गर्न अपिल गर्न निर्देशन दिएको बताइएको छ । त्यस्तै अर्का नेता डा. शेखर कोइरालाले पार्टी एकताको लागि पहल गरिरहेको बताएका छन् भने नेतृत्व चयन नगर्न दुई महामन्त्रीले लिखित प्रतिबद्धता जनाए विशेष महाधिवेशनमा जाने आफु निकट नेताहरुसँग बताएका छन् । उनले सभापति देउवा र महामन्त्रीहरुसँग छलफल गर्ने बताएका छन् ।
तर विशेष महाधिवेशनको जारी बन्द सत्रले शुरुमै वर्तमान केन्द्रीय कार्य समिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेसँगै विशेष महाधिवेशन नेतृत्व परिवर्तनको बाटोमा अघि बढेको छ ।
विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।
बन्दसत्रमा दुवै महामन्त्रीले आ-आफ्नो प्रतिवेदन पेश गरेर पार्टीको विधान र संचालनमा व्यापक सुधारको प्रस्ताव गरेका छन् । अब महाधिवेशन प्रतिनिधिहरुलाई ९ समुहमा विभाजन गरेर ति प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।