काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र शुरु, कार्यविधि पारित

२०८२ पुष २८ गते सोमवार
सारांश
  • जसमा बन्दसत्रमा पेश हुने प्रस्ताव, नेतृत्व चयन र विधान संशोधनका विषय राखिएको छ ।

काठमाडौँ: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र शुरु भएको छ । केहि समय अघि  शुरु भएको बन्दसत्रले विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ ध्वनि मतले पारित गरिएको छ ।

 

कार्यविधिमा बन्दसत्रले के के गर्ने भन्ने कार्यसूची तय गरिएको छ । जसमा बन्दसत्रमा पेश हुने प्रस्ताव, नेतृत्व चयन र विधान संशोधनका विषय राखिएको छ ।

 

बन्द सत्रको अध्यक्षता काठमाडौं-५ का जेष्ट महाधिवेशन प्रतिनिधि ८८ बर्षिय श्यामबहादुर खड्काले गरेका छन् ।

 

अहिले बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गरिरहेका छन् भने यस पछि अर्का महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गर्ने छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार