काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जुलुससहित सहभागिता बढ्दै

२०८२ पुष २७ गते आइतवार
सारांश
  • भ‍ृकुटीमण्डपको खुला स्थानमा बनाइएको महाधिवेशन स्थलमा विभिन्न ६ स्थानबाट जुलुस आउनेक्रम जारी रहेको छ ।

काठमाडौँ : नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जुलुससहित सहभागिता बढिरहेको छ ।

 

भ‍ृकुटीमण्डपको खुला स्थानमा बनाइएको महाधिवेशन स्थलमा विभिन्न ६ स्थानबाट जुलुस आउनेक्रम जारी रहेको छ ।

 

आयोजकले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्ताहरु झाँकीसहितको जुलुस अहिले कार्यक्रम स्थलमा आइरहेका छन् ।

 

बिहानदेखि नै महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गरिरहेका छन् र अहिलेसम्म ३० प्रतिशतभन्दा बढीले नाम गर्दा गराएको बताइएको छ । काँग्रेसका ४७३४ महाधिवेशन प्रतिनिधि मध्ये विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढीले सहभागिता जनाउने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार