सभापति देउवा र खड्कालाई विशेष महाधिवेशनमा सहभागी हुन गुरु घिमिरेको आग्रह

२०८२ पुष २७ गते आइतवार
सारांश
  • काँग्रेसको विशेष महाधिवेशनमा स्वागत मन्तव्य दिदै नेता घिमिरेले विशेष महाधिवेशनलाई शतप्रतिशत बनाउन आव्हान गर्दै विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा आउन देउवा र खड्कालाई आव्हान गरेका हुन् ।

काठमाडौँ : नेपाली काँग्रेसका नेता गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनमा सहभागि हुन आव्हान गरेका छन् । 

 

काँग्रेसको विशेष महाधिवेशनमा स्वागत मन्तव्य दिदै नेता घिमिरेले विशेष महाधिवेशनलाई शतप्रतिशत बनाउन आव्हान गर्दै विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा आउन देउवा र खड्कालाई आव्हान गरेका हुन् ।

 

घिमिरेले विशेष महाधिवेशनमा उपस्थित रहेका काँग्रेसका नेता कार्यकर्तालाई नजरअन्दाज नगर्न चेतावनी दिदै विशेष महाधिवेशनमा सहभागी भएर उत्सव बनाउन आग्रह गरेका छन् ।

 

उनले संस्थापन पक्षको दबाबका बीच विशेष महाधिवेशनमा सहभागी भएका महाधिवेशन प्रतिनिधिहरुलाई धन्वाद दिदै अब यस विशेष महाधेशनले काँग्रेसको आगामी दिशा तय गर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार