काँग्रेस विशेष महाधिवशेन: प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

२०८२ पुष २७ गते आइतवार
सारांश
  • महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ ।

काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै तयारी शुरु भएको र विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउन शुरु गरिसकेका छन् ।

 

महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने परिचय पत्र, एक प्रति फोटो र एक हजार रूपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

 

 विशेष महाधिवेशनको उद्घाटन समारोह १ बजेदेखि शुरु हुदैछ ।  त्यसअघि बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ । 

 

जस अनुसार काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ भने ललितपुरको कुपण्डोलबाट अर्को जुलुस झाँकीसहित भृकुटीमण्डपमा आउने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार