रास्वपा र उज्यालोबीचको एकता भंग, कुलमान उनेपाको अध्यक्ष बन्दै

२०८२ पुष २६ गते शनिवार
सारांश
  • रास्वपासँगको एकता प्रक्रिया भाग भएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सहमति भंग भएको छ । एकता प्रक्रिया भंग भएपछि दुवै दल अलग अलग निर्वाचनमा जाने भएका हुन् । 

 

रास्वपासँगको एकता प्रक्रिया भाग भएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् । उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्ष नियुक्त गरिएको औपचारिक घोषणा गर्न साँझ ६ बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।  

 

कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तन गर्नुपर्ने, महामन्त्री दिनुपर्ने र समानुपातिक सूचीमा कम्तिमा ६ जना निर्वाचित हुने सुनिश्चित हुनुपर्ने माग राखेपछि कुरा नमिलेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार