सभापति देउवासहित पदाधिकारीलाई विशेष महाधिवेशनको निमन्त्रणा

२०८२ पुष २६ गते शनिवार
सारांश
  • विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि सचिवालयले जनाएको छ ।

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई निमन्त्रणा पठाएका छन् । 

 

विशेष महाधिवेशनको तयारी बारे जानकारी दिदै सभापति देउवासहित पदाधिकारीहरुलाई निमन्त्रणा दिइएको नेता सुवास पोखरेलले जानकारी दिएका छन् । विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि सचिवालयले जनाएको छ । 

यसैबीच संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् । त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको पोखरेलले बताएका छन् ।

 

काँग्रेसक पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा खुले पनि ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी हुने आयोजकले दाबि गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार