सरकारले सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्षको घोषणा
२०८२ पुष २६ गते शनिवार
- प्रवक्ता डा.निकोलस भुसाल अनसानको क्रममा सरकारसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका छन् ।
काठमाडौं: देश पहिलो (पिपुल्स रेभ्युलेसन)का संयोजक एसपी शाहले आफूरुसँग सरकारले गरेको सम्झौता पूरा नगरेकोले पुन आन्दोलनको घोषणा गर्नुपरेको बताएका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता डा.निकोलस भुसाल अनसानको क्रममा सरकारसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा संयोजक एसपी शाहले आगामी माघ १६ गतेदेखि सडक संघर्ष गर्ने पनि जानकारी गराए । प्रवक्ता डा.निकोलस भुसालले आफू ११ दिन अनसन बसेर जेनजीका माग पुरा गर्न सम्झौता गरे पनि पूरा नगरेको भन्दै रोश व्यक्त गरेका छन् ।
‘मेरो अनसन तोड्न सहमति त गरियो तर पूरा नगरेर सरकारले झुक्यायो, यथास्थितिमा हुने चुनाव रोक्न र जेनजी म्याण्डेट अनुसार अघि बढ्न आन्दोलनको विकल्प छैन’ भुसालले चेतावनी दिए ।
पूर्व आइजिपी सर्वेन्द्र खनालले वर्तमान सरकार पनि पुरानै बाटोमा हिंडेको आरोप लगाउँदै त्यसको विकल्प खोजिनुपर्ने बताए । अभियान्ता दिनेश सुवेदीले देशमा अराजकताले सीमा नाघेकोले नयाँ संघर्षबाट राजनीतिक स्थायीत्व दिनुपर्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा पहिला देश(पिपुल्स रेभ्युलेसन)को पहिलो विस्तारित बैठकबाट १०८ सदस्यीय केन्द्रीय समिति, ३१ विभागिय प्रमुख तथा ७ स्वात्त विकास राज्य प्रमुखहरु चयन भएको सार्वजनिक गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।