गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
२०८२ पुष २६ गते शनिवार
- उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्ला दिनमा जेन–जी आन्दोलनले औँल्याएका विषयहरू केवल क्षणिक बहसमा सीमित नराखी राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ र व्यक्तित्वहरूको सहभागितामा गम्भीर छलफलको थालनी गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन् ।
‘केही साथीहरूले यसमा पहल पनि शुरू गरिसक्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘यसलाई थप व्यवस्थित र सहभागीमूलक बनाउन आज मैले एउटा गुगल सिट फर्म सार्वजनिक गरेको छु।’
महामन्त्री थापाले उक्त फर्ममार्फत सबैलाई आफ्ना विचार, सुझाव र प्राथमिकताका राष्ट्रिय मुद्दाहरू साझा गर्न आग्रह गरेका छन् । उनका अनुसार प्राप्त सुझावहरूलाई संकलन गरी आगामी चरणमा राजनीतिक तथा बौद्धिक बहसको आधार बनाइने छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।