मन्त्री महावीर पुन भन्छन्- विदेश घुमेर अर्थतन्त्र बन्छ ?
२०८२ पुष २५ गते शुक्रवार
- शुक्रबार फेसबुकमार्फत पुनले विगतजस्तै पहिल्ला तीन वटा भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताउदै फेरी दुई निमन्त्रणा आएको बताएका छन् । मन्त्री पुनले यी निमन्त्रणामा पनि विदेश नजाने बताउदै उनले देशको अर्थतन्त्र सुधार नभएसम्म प्रधानमन्त्री वा अर्थमन्त्री फेरिए पनि ठोस प्रगति नहुने उल्लेख गरेका छन् ।
काठमाडौँ : शिक्षामन्त्री महावीर पुनले दुई देशको भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । उनले साउदी अरेबिया र इजरायलमा आयोजना हुने कार्यक्रममा सहभागी नहुने निर्णय गरेको जानकारी दिएका छन् ।
शुक्रबार फेसबुकमार्फत पुनले विगतजस्तै पहिल्ला तीन वटा भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताउदै फेरी दुई निमन्त्रणा आएको बताएका छन् । मन्त्री पुनले यी निमन्त्रणामा पनि विदेश नजाने बताउदै उनले देशको अर्थतन्त्र सुधार नभएसम्म प्रधानमन्त्री वा अर्थमन्त्री फेरिए पनि ठोस प्रगति नहुने उल्लेख गरेका छन् ।
साउदी अरेबियाले रियादमा आयोजना गर्ने मानव क्षमता पहलको तेस्रो संस्करणमा वक्ताका रूपमा सहभागी हुन मन्त्रीलाई निमन्त्रणा गरेको थियो भने इजरायलको जेरुसेलममा आयोजना हुने शैक्षिक सम्मेलनका लागि पनि औपचारिक निमन्त्रणा गरिएको थियो ।
उनले भनेका छन्- 'म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइन। अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ??'
खेलकुदमन्त्री बब्लु गुप्ताको विदेश भ्रमण स्वीकृत भएपछि विवादमा परेको बेला नागरिक सरकारमै रहेका पुनले भने विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरिरहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’