एनआरएनए एनसीसी यूएसएले भन्यो- खेलकुदमन्त्री गुप्तालाई निमन्त्रणा पठाएका छैनौं

२०८२ पुष २५ गते शुक्रवार
सारांश
  • मन्त्री गुप्ताले पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकमा आफ्नो अमेरिका भ्रमण स्वीकृत गराएका थिए ।

काठमाडौँ: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्वीकृतिको विवादमा नयाँ मोड आएको छ । 

 

मन्त्री गुप्ताको अमेरिका भ्रमणको निमन्त्रणा गरेको भनिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण नगरिएको स्पष्ट गरेको छ । एनआरएनए एनसीसी यूएसएका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरी आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै कार्यक्रम आयोजना नगरिएको स्पष्ट गरेका छन् ।

 

विज्ञप्तिमा भनिएको छ- 'संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट गर्दै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नभएको जानकारी गराएको छ ।'

 

साथै एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम र मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि सञ्चालन भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा जनाएको छ ।

 

नागरिक सरकारमा बसेर पार्टीको राजनीति गरिरहेको आरोप लागेपछि राजीनामा दिने दबाबमा रहेका मन्त्री गुप्ताले पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकमा आफ्नो अमेरिका भ्रमण स्वीकृत गराएका थिए । उनले अमेरिकामा आयोजना हुने 'रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन' भन्ने कार्यक्रममा सहभागी हुन जाने भन्दै भ्रमण स्वीकृत गराएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार