कृष्ण सिटौला भन्छन्- विशेष महाधिवेशनको नाममा खैला बैला गर्नु उचित छैन
२०८२ पुष २५ गते शुक्रवार
- शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनमा जानुपर्ने समयमा खैला बैला गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन्।उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई नै कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताउदै पार्टीमा प्रतिष्पर्धा गर्ने बेला नै नभएको बताए ।
काठमाडौँ :नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनमा जानुपर्ने समयमा खैला बैला गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन्।उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई नै कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताउदै पार्टीमा प्रतिष्पर्धा गर्ने बेला नै नभएको बताए ।
उनले भने- 'आजसम्म जे परिस्थिति जे देखिएको छ, त्यो राम्रो मानिन्न । तथापी हामी पार्टी एकताको पक्षमा लागि रहन्छौँ । पक्षमा कति छन् विपक्षमा कति छन् त्यो अलग कुरा हो, विशेष महाधिवेशन आजको आवश्यकता होइन, आजको आवश्यकता पार्टीमा एकता देखाउने र निर्वाचनमा तयारीमा सबैले जुट्नु पर्ने बेला हो । यस्तो बेलामा खैला बैला गर्नु उचित छैन । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नु पार्टीको हितमा हुन्छ ।'
सिटौला शुरु देखि नै विशेष महाधिवेशनको विपक्षमा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।