भेनेजुएला घटना बारे नेपालले भन्यो- देशको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान होस्

२०८२ पुष २४ गते विहीवार
सारांश
  • परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ ।

काठमाडौँ : सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ ।

 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ । परराष्ट्रले भनेको छ- 'नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ ।'

 

नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारी मार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिने उल्लेख गरेको छ ।

 

अमेरिकाले जनवरी ३ मा भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क पुर्याएको चारदिन पछि नेपाल सरकारको औपचारिक धारणा आएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार