जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो :गृहमन्त्री अर्याल

२०८२ पुष २४ गते विहीवार
सारांश
  • उनले आफ्नो प्राथमिकता देश जोगाउने कुरामा रहेको बताउँदै सफा नियत हुँदाहुँदै पनि आफ्ना विषयमा बाहिर गलत धारणाहरु आएको गुनासो गरे ।

काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।


बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताए ।

 

उनले भने,‘जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो । जेनजीका मुद्दा छलफल हुँदाखेरी जेनजी स्वतः यो छलफलको आदी हिस्सा हो । किनकी सरकारसँग जेनजीले सम्झौता गरेको छ । जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ । त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ अनि मात्र हिंसा दोहोरिदैन् ।’

 

त्यस्तै उनले विधिको शासन मिचेर गरेको काम सुशासन नुहने धारणा राखे । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यसलाई सुशासन मान्न नसकिने उनको भनाई छ ।

 

‘विधिको शासन मिचेर गरेको काम सुशासन हुँदैन् । जेनजीको सपना सुशासन हो । सुशासनका लागि विधिको शासन अपरिहार्य छ । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यो सुशासन होइन् । त्यसैले सुशासनको लागि सरकार लागेको हो । गृहमन्त्री त्यसैमा लागेको छ’उनले भने ।


उनले आफ्नो प्राथमिकता देश जोगाउने कुरामा रहेको बताउँदै सफा नियत हुँदाहुँदै पनि आफ्ना विषयमा बाहिर गलत धारणाहरु आएको गुनासो गरे ।

 

‘मेरो पहिलो प्राथमिकता देश जोगाउने हो । त्यसमा लाग्दा केही कुरा ढिलो भएछन् ,रेसपोन्स समयमा भएन भने त्यसलाई नराम्रो रुपमा नलिनुहोला । मेरो गलत नियत छैन् । म त बीचमा बोल्न पनि नपाउने भएको थिए । बोल्यो कि गलत अर्थ लगाउने काम भयो’उनले भने ।


निर्वाचन सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न हुने उनको दाबी छ । मन्त्री अर्यालले पीडितको न्यायको लागि लडेर आएको मानिस आफू भएको कारण राजनीतिमा नजाने जानकारी गराए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार