- आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।
काठमाण्दौ, २४ पुष । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।
बुधबार भएको उम्मेदवारी दर्तामा सात प्रदेशका विभिन्न क्लस्टरमा ४४ जनाले उम्मेदवारी दिएका छन् ।
आयोगले उम्मेदवारीविरुद्ध आज बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरुद्ध उजुरी दिन सकिने जानकारी दिएको छ ।
त्यस्तै आयोगले पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’