धार्मिक क्षेत्रको शान्ति सुरक्षामा गृहमन्त्री आर्यालको ध्यानाकर्षण
२०८२ पुष २४ गते विहीवार
- मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाइ कानुन बमोजिम कारवाहीको दायारमा ल्याइने कुरा बताएका छन् ।
काठमाडौँ : विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा गृहमन्त्री ओमप्रकाश आर्याललाई ध्यानाकर्षण गराएका छन् ।
मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाइ कानुन बमोजिम कारवाहीको दायारमा ल्याइने कुरा बताएका छन् ।
भेटका क्रममा अर्यालले देशमा शान्ति तथा अमन चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाइ स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताए ।
छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’