- पछिल्ला दिनमा तराई मधेशका केहि जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रीत भएको हो ।
काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् ।
मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष मा. महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष मा. जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे ।
पछिल्ला दिनमा तराई मधेशका केहि जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रीत भएको हो ।
त्यस्तै संविधानले संवैधानिक निकायको रुपमा व्यवस्था गरेका दुवै आयोगहरुको काम, कर्तव्य, अधिकार, आयोगले भोगीरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षा लगायतका विषयमा पनि आयोगका पदाधिकारीहरुले मन्त्री अर्याललाई जानकारी गराए ।
छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे । नागरिक समाजको पनि नागरिक समाजको रुपमा रहेका आयोगहरु तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्याहरु समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्भाव कायम राख्ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको अपेक्षा राखे ।
त्यस्तै पछिल्ला घटनाक्रमलाई समयमै सम्बोधन गरी सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारबाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव र्याली, चेकजाँच कडाइ, र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायतका कार्यहरु गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरुले स्वागत गरे ।
गृह मन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरुमा आयोगका तर्फबाट आवश्यकता अनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षा समेत राखे ।
धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानून बमोजिम कारवाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रुपमा रहेका आयोगहरुले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउने लगायतका कार्यहरु गरी यस्ता समस्याको दिर्घकालिन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रमहरु गर्न अनुरोध समेत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।