हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः गगन थापा
२०८२ पुष २३ गते बुधवार
- पार्टीभित्र विशेष महाधिवेशनको माग भइरहेको सन्दर्भमा उनले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माको चाहना सभापति बन्नु मात्र नभएको प्रष्ट पारे ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई पार्टी सभापति बन्ने हतारो नभएको तर पार्टी कुन जगमा उभिएको छ भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् । एक कार्यक्रममा बोल्दै थापाले पार्टी भित्रको पछिल्लो बहसलाई लिएर स्पष्ट पारेका हुन् ।
महामन्त्री थापाले २०७९ सालको चुनावी परिणाम र त्यसपछिका राजनीतिक घटनाक्रमलाई सूक्ष्म ढंगले विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, "२३ र २४ गते (निर्वाचन) अगाडि हामी ठिक ठाउँमा थिएनौँ । हामी उभिएको ठाउँ ठिक थिएन र हाम्रो गतिमति पनि ठिक थिएन । नागरिकमा जुन आक्रोश र रिस छ, त्यसको आधारलाई पार्टीले बुझ्न जरुरी छ ।"
थापाले कांग्रेसले लिएको कतिपय नीति र विशेष गरी सत्ताका लागि गरिने 'ट्रान्जेक्सनल' (लेनदेनको) राजनीतिले पार्टीलाई कमजोर बनाएको टिप्पणी गरे । "संविधान अप्ठ्यारोमा छ भनेर सबै मिल्नुपर्छ भन्ने अनि फेरि एक सिटको लुछाचुँडीमा लाग्ने प्रवृत्तिले राजनीतिलाई व्यापार जस्तो बनाएको छ," उनले थपे, "यस्तो कारोबारी राजनीतिलाई समाजले इन्कार गरिसकेको छ ।"
पार्टीभित्र विशेष महाधिवेशनको माग भइरहेको सन्दर्भमा उनले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माको चाहना सभापति बन्नु मात्र नभएको प्रष्ट पारे । उनले भने, "हामीलाई हतार-हतार कसैलाई हटाएर सभापति बन्नु छैन । को बन्ने हो बन्नुस्, डा. शेखर कोइराला बन्ने कि अरू कोही बन्ने, तपाईंहरू बन्नुस् । तर पार्टी ठिक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो अडान हो ।"
उनले पार्टीको सिद्धान्त र नैतिक मार्गचित्र स्पष्ट हुनुपर्ने बताउँदै पार्टीको संगठनात्मक संरचना र विधानभित्र रहेर काम गर्दा कतिपय सीमाहरू हुने भए पनि नागरिकको भावनालाई सम्बोधन गर्न 'प्रिन्सिपल' को राजनीतिमा फर्कनुपर्ने आवश्यकता औंल्याएका छन् । महामन्त्री थापाले पार्टीभित्रको बहसलाई प्राविधिक विषय (अधिवेशन र प्रतिशत) मा मात्र सीमित नगरी यसको गहिराइलाई बुझ्न नेतृत्वलाई आग्रह समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’