- पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्नुपरेको हो ।
रौतहट: धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज (मङ्गलबार) दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो ।
यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्नुपरेको हो ।
‘हामीले अवस्थाको निरन्तर मूल्याङ्कन गरिरहेका छौँ,’ प्रजिअ दाहालले भने, ‘दिउँसो १ बजेपछि परिस्थितिको समीक्षा गरी कफ्र्यु खुकुलो पार्ने वा थप गर्ने भन्नेबारे पुनः निर्णय लिइनेछ ।’
कहाँ–कहाँ छ कफ्र्यु ?
प्रशासनले वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रलाई कफ्र्यु क्षेत्र तोकेको छ । यो अवधिमा सर्वसाधारणलाई घरबाहिर निस्कन, भेला हुन, जुलुस निकाल्न वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
सुरक्षा व्यवस्था कडा
तनाव उत्पन्न भएपछि वीरगञ्जका मुख्य चोक, बजार र संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ ।
सुरक्षाकर्मीहरूले निरन्तर गस्ती गरिरहेका छन् । प्रशासनले अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूलाई भने परिचयपत्रका आधारमा आवतजावतमा छुट दिएको छ ।
जिल्ला प्रशासन कार्यलयले दुवै समुदायलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’