कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ: अध्यक्ष ओली
२०८२ पुष २२ गते मङ्गलवार
- अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको तथा केही स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको आरोप समेत लगाए ।
काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे ।
उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।
अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे ।
यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै उनले प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यक रहेको बताए । टोल–टोलमा ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गर्दै निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने उनको स्पष्ट धारणा रहेको थियो।
अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको तथा केही स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको आरोप समेत लगाए ।
विकासको नाममा विदेशी एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले दाग लागेका र अक्षम व्यक्तिहरूलाई योजनाबद्ध रूपमा एकत्रित गरिएको टिप्पणी गरे ।
तर नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना बलियो भएकै कारण बंगलादेशमा भदौ २३ र २४ गते भएका घटनालाई नेपालमा ‘महान उपलब्धि’ भनेर दाबी गर्ने साहस उनीहरूले गर्न नसकेको ओलीको भनाइ थियो । अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।