काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिएका छन् ।

काठमाण्डौ, २२ पुष । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

 

बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिएका छन् ।

 

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित रहेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने तयारी गरेको छ ।

 

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका लागि भएका छलफल बारे बैठकमा ब्रिफिङ गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार