एमालेको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट ईश्वर पोखरेल हटाइए, विष्णु रिमाललाई जिम्मेवारी

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पोखरेललाई हटाएर रिमाललाई सो जिम्मेवारी दिएको हो ।

काठमाडौँ: नेकपा एमालेले हालै सम्पन्न महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित विष्णु रिमाललाई पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाएको छ ।

 

यस अघि प्रतिष्ठानको प्रमुखमा ईश्वर पोखरेल रहेका थिए ।  मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पोखरेललाई हटाएर रिमाललाई सो जिम्मेवारी दिएको हो । 

 

आजको बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र निर्माण कमिटी गठन गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार