आशिकाको कुलमानलाई प्रश्न- भाईको ससुरा आफ्नै ससुरा हो कि होइन ?

२०८२ पुष २२ गते मङ्गलवार
सारांश
  • आशिकाले ससुरा बा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् ।

काठमाडौँ: सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जामन्त्री कुलमान घिसिङ लक्षित पोष्ट गर्दै समानुपातिक सूचीप्रति अर्को कटाक्ष गरेकी छन‍् ।

 

आशिकाले ससुरा बा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् । उनले भनेकी छन्- 'भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्, आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा होकी होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो की होइन ?'

 

कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध जारी रहेको छ । चर्को आलोचनापछि कुलमानले सार्बजनिक रुपमा भने ससुरा र भान्जालाई सिफारिस नगरेको बताएका थिए । यद्यपी उनले पार्टी बैठकमा भने गल्ति भएको र सूची सच्याउने बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार