कांग्रेस कार्य सम्पादन बैठक: राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन
२०८२ पुष २१ सोमवार
- सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे ।
काठमाडौं: नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे ।
सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।
नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । त्यस्तै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । भोलि मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए ।
त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए ।
बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन । तथापी, विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुनः नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा उक्त प्रस्ताव दर्ता रहेकाले निस्क्रिय नहुने दावी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।