एमालेबाट काठमाडौँ- ५ मा ईश्वर पोखरेल एकल सिफारिस

२०८२ पुष २१ सोमवार
सारांश
  • निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।

काठमाडौँ: नेकपा एमालेबाट काठमाडौं निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

 

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।

 

काठमाडौं ५ बाट नेता पोखरेलले निर्वाचन लड्दै आएका छन‍् । उनको गृह क्षेत्र पनि हो । २०७९ को निर्वाचनमा पोखरेल काँग्रेस नेता प्रदीप पौडेलसँग पराजित भएका थिए । पौडेलले १५ हजार २६९ मत प्राप्त गरेका थिए भने पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार