कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल:नियमित महाधिवेशनमै जुटौं
२०८२ पुष २१ सोमवार
- उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेश गरेका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमै केन्द्रित हुन उनीहरुको आग्रह छ ।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका हुन्।
उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेश गरेका हुन् । विज्ञप्तिमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको हस्ताक्षर गरेका छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’