रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

२०८२ पुष २० आइतवार
सारांश
  • रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ । जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केहि नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।

काठमाण्डौ, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

 

रास्वपाले आज दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

 

बैठकमा पार्टी समायोजन, बिस्तार एवं सुदृढीकरण बारे छलफल र निर्णय लिइने एजेण्डा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

 

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ ।  जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केहि नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार