न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

२०८२ पुष २० आइतवार
सारांश
  • न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन् ।

काठमाडौं: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन् ।

 

आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन् ।

 

प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ । न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन् । आलोचना गर्न पाइँदैन भन्ने होइन, तर तथ्यगत, स्वच्छ र अतिरञ्जित नभएको आलोचना मात्र स्वीकार्य छ ।’

 

यसैगरी उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए ।

 

उनले भने, ‘मिडियाले सत्यतथ्य उजागर गर्ने कुरामा हामी स्वागत गर्छौं । यदि हामीलाई सुधारिनुपर्ने ठाउँ देखियो भने हामी सुधार गर्छौं, र सचिनुपर्ने अवस्था आएमा सचिन्छौं । तर अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई छैन ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार