ओली र प्रचण्डबीच भेटवार्ता, गठबन्धन गर्ने छलफलमा पुराना दल

२०८२ पुष २० आइतवार
सारांश
  • गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि चौतर्फी आलोचनाको केन्द्रमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा नजिकिएका हुन् । तीन नेताहरुबीच यस बिचमा पटक पटक भेटवार्ता भइरहेको खुलेको छ ।

काठमाडौँ : निर्वाचनको मिति नजिकिदै गर्दा प्रमुख तीन दलका शिर्ष नेताहरु नजिकिएका छन् ।

 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि चौतर्फी आलोचनाको केन्द्रमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा नजिकिएका हुन् । तीन नेताहरुबीच यस बिचमा पटक पटक भेटवार्ता भइरहेको खुलेको छ । तिनै नेताले आगामी निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाने विषयमा छलफल गरिरहेको बुझिएको छ ।

 

यसै प्रसंगमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ । ललितपुरको च्यासलमा भएको भेटमा दुवैबीच समसामयिक राजनीति र आसन्न राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । राष्ट्रिय सभाको निर्वाचनमा एमाले र काँग्रेस मिलेर चुनावमा जाने सहमति भइसकेको र पहिलो प्रचण्डले पनि मिलेर जाने प्रस्ताव गरेपछि ओलीले भेट गरेको बुझिएको छ ।

 

प्रचण्ड आज साँझ भारत जानेअघि भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खासगरि रास्वपासँग बालेन शाह र कुलमान घिसिङको एकतापछि पुराना दललाई गठबन्धन गरेर चुनावमा जान दबाब बढेको विश्लेषण गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार