रास्वपा समानुपातिक विवाद: त्रिशला, आसिफपछि सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी
२०८२ पुष १९ शनिवार
- ढकाललाई रास्वपाबाट समानुपातिकको बन्दसूची राखिएपछि सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएको थियो । व्यवसायी चन्द्र ढकालका छोरा सचिन हाल एफसी चितवनका अध्यक्ष हुन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फको बन्दसूचीमा रहेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
ढकाललाई रास्वपाबाट समानुपातिकको बन्दसूची राखिएपछि सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएको थियो । व्यवसायी चन्द्र ढकालका छोरा सचिन हाल एफसी चितवनका अध्यक्ष हुन् ।
सचिनले आफ्नो उम्मेदवारी फिर्ता लिदै भनेका छन्- 'उद्यमशीलताको प्रवर्द्धन मार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरेरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’
रास्वपाको समानुपातिक सूचीको चर्को आलोचना भएपछि उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिन लागेका छन् । यसअघि गायिका डा. त्रिशला गुरुङ र आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’