काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

२०८२ पुष १८ शुक्रवार
सारांश
  • बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी हुनेछन् ।

काठमाडौँ: नेपाली काँग्रेसले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी हुनेछन् ।

 

काँग्रेसमा नियमित र विशेष महाधिवेशन बारेको विवाद उत्कर्षमा पुगेको र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि बैठक बोलाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार