- उनले संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने आफूहरूले चाहेको बताए ।
काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भाग लिने क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरेको बताउदै पार्टी नफुट्ने बताएका हुन् ।
उनले भने- 'नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ । यो परिस्थितिमा नयाँ नेतृत्वसहित नै चुनावमा जाने कुरा हुनुपर्ने हो । त्यसैले निर्धारित समयमा गर्न सकिएन । विकल्पका रूपमा विशेष महाधिवेशन नै हो ।'
उनले संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने आफूहरूले चाहेको बताए ।
महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले विहिबार नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशन आव्हान गरेका थिए । विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा महाधिवेशन गर्न भृकुटीमण्डपमा हल बुक समेत गरेर अगाडी बढेको अवस्थामा आज शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई महत्व दिएर हेरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’