सरकार र दुर्गा प्रसाईबीचको वार्ता शुरु

२०८२ पुष १७ विहीवार
सारांश
  • जनमत संग्रहसहित विभिन्न माग राखेर आन्दोलन गर्ने बताएको दुर्गा प्रसाई नेतृत्वको अभियानसँग आज फेरी वार्ता शुरु भएको हो ।

काठमाडौँ: प्रधानमन्त्री सुशिला कार्कीसँग राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईसहितको टोलीको वार्ता शुरु भएको छ ।

 

जनमत संग्रहसहित विभिन्न माग राखेर आन्दोलन गर्ने बताएको दुर्गा प्रसाई नेतृत्वको अभियानसँग आज फेरी वार्ता शुरु भएको हो ।

 

यसअघि प्रधानमन्त्री कार्कीसँग प्रसाईले गत मंगलबार समेत भेटेर आजको वार्तालाई अन्तिम वार्ता हुने बताएका थिए । मंगलबारको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईलाई चुनावमा भाग लिएर आफ्ना माग जनताबाट अनुमोदन गराउन आग्रह गरेकी थिइन् ।

 

प्रसाईले आफुले उठाउदै आएका माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिदै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार