निजी क्षेत्रलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न आवश्यक छः प्रचण्ड

२०८२ पुष १६ बुधवार
सारांश
  • मुलुक अहिले असाधारण र जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै उनले राष्ट्रिय सहमतिको माध्यमबाट मात्र वर्तमान संकटको समाधान खोजिनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित एक विशेष सम्वाद कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण र सोचमा आमूल परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका छन्। उनले निजी क्षेत्रलाई उचित प्रोत्साहन र संरक्षण नगरेसम्म आर्थिक विकास र समृद्धिको नारा केवल कुरामा मात्र सीमित हुने बताए।

 

उनले भने, “हाम्रो राज्य संरचना र कर्मचारीतन्त्रको सोचमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा अझै पनि केही कमीहरू छन्, जसलाई समयमै सच्याउन आवश्यक छ।” संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई समेटेर अगाडि बढ्ने लक्ष्य राखिए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले स्वीकार गरे।

 

प्रचण्डले ‘जेनजी’ आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न र कमजोरीहरू सुधार्न ठूलो दबाब दिएको उल्लेख गरे। मुलुक अहिले असाधारण र जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै उनले राष्ट्रिय सहमतिको माध्यमबाट मात्र वर्तमान संकटको समाधान खोजिनुपर्ने धारणा राखे।

 

निर्वाचनलाई नै देशको निकासको मुख्य माध्यम ठहर्‍याउँदै उनले आगामी निर्वाचनले नयाँ जनादेश दिने र संविधानमा देखिएका सीमाहरूलाई संशोधनमार्फत परिमार्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। शान्ति, स्थायित्व र समृद्धिका लागि सरकार, निजी क्षेत्र र नागरिक समाज सबै एकै ठाउँमा उभिनुको विकल्प नरहेको उनको भनाइ थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार