जेनजी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरू कानुनी दायरामा आउने: प्रधानमन्त्री कार्की

२०८२ पुष १६ बुधवार
सारांश
  • उनले उद्यमी व्यवसायीहरूलाई पनि मर्यादित र स्वच्छ व्यवसायिक आचरण पालना गर्न आग्रह गरिन।

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउने बताएकी छिन् ।

 

आज राजधानीमा आयोजित वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा कार्कीले यस्तो बताएकी हुन् ।

 

उनले त्यसरी व्यक्तिगत फाइदा उठाउने र लुटधन्दा मच्चाउनेलाई कानुनी दायरामा ल्याउन सरकारका संस्थाहरुले निरन्तर काम गरिरहेको बताइन् । साथै, व्यवसायीलाई पनि मर्यादीत र असल ढंगमा व्यापार व्यवसाय गर्न उनले आग्रह गरिन् ।

 

प्रधानमन्त्री कार्कीले नागरिकको जीविकामा सुधार नभएसम्म राजनीतिक परिवर्तन दिगो नहुने स्वीकार गर्दै सरकार, राजनीतिक दल, नागरिक समाज र युवा पुस्तालाई समृद्धिका लागि एकजुट हुन आह्वान गरिन। साथै, उनले उद्यमी व्यवसायीहरूलाई पनि मर्यादित र स्वच्छ व्यवसायिक आचरण पालना गर्न आग्रह गरिन।

 

प्रधानमन्त्री कार्कीले भनिन, “क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत निजी क्षेत्रका माग सम्बोधन गरिएको छ। कर भुक्तानीको म्याद थप, कर्जाको पुनरतालिकीकरण र बिमा दाबीको अग्रिम भुक्तानी जस्ता व्यवस्थाहरूले व्यवसायीहरूलाई राहत पुग्नेछ।”

 

ढलेका निजी क्षेत्रका संरचना पुनर्निमाण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार हुने प्रतिबद्धता सबैले जनाउन आवश्यक भएको कार्कीको भनाइ छ । ‘उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द हडताल, तोडफोड आगजनी लगायतका कुरा नहुने वातावरण बनाऔं,’ कार्कीले भनिन्, ‘यसका लागि मेरो मन्त्रिपरिषद सदस्यसँग छलफल गरी आवश्यक निर्णय लिने जानकारी गराउन चाहन्छु ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार