मन रोई रोई अलग भएको थिए, अहिले पुनर्मिलन भयो- कमल थापा

२०८२ पुष १६ बुधवार
सारांश
  • राप्रपासँग एकता भएको घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले यसलाई एकता भनिए पनि यो पुनर्मिलन भएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै आम जनता र कार्यकर्ताको भावना अनुसार एकता गरिएको बताउदै आफु घर फर्किएको अनुभव भएको बताए ।

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुको राप्रपामा पुनर्मिलन भएको बताएका छन् ।
 

राप्रपासँग एकता भएको घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले यसलाई एकता भनिए पनि यो पुनर्मिलन भएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै आम जनता र कार्यकर्ताको भावना अनुसार एकता गरिएको बताउदै आफु घर फर्किएको अनुभव भएको बताए ।
 

उनले भने- 'आफुले रगत पसिना बगाएको घरमा फर्किदा जस्तो अनुभूति हुन्छ, आफुलाई अहिले त्यस्तै अनुभव भएको छ । २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राप्रपा रुपी घर छोडेर गएको थिए । खुशीले होइन । मन रोई रोई म एक्लै अलग भएको थिए । मलाई कतिले बुझेर नबुझेर आरोप पनि लगाए । गीताको कसम खाएको मान्छेले पार्टी फुटयायो । हारेर पार्टी फुटायो भन्ने आरोप लगाइयो । त्यसमा कुनै सत्यता थिएन ।'
 

राप्रपा र राप्रपा नेपालबीच आज एकीकरण गरिएसँगै चार बर्षपछि अलग भएका नेताहरु एक ठाउमा आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार