पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

२०८२ पुष १५ मङ्गलवार
सारांश
  • समयसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो ।

काठमाडौं: पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।

 

मंगलबार प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम महिला राष्ट्रपति भण्डारीबीच समयसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो । 

 

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

 

राष्ट्रपति भण्डारी एमालेबाट सक्रिय राजनीतिमा होमिने घोषणा गरेपनि एमालेले तत्काल बन्देज लगाएपछि सक्रिय हुन सकेकी छैनन् । यसैगरी कांग्रेसका पूर्वनेता यादव भने राजनीतिबाट बाहिरका कार्यक्रममा सहभागी हुदै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार