समानुपातिक सूचीमा धेरै कलाकार राखेको बारे रवि लामिछानेले के भने ?
२०८२ पुष १५ मङ्गलवार
- लामिछानेले कलाकारहरुलाई राजनीतिमा इन्ट्रेस्ट नभएको बताउदै आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पुरा गर्नको लागि राजनीतिमा आएको र आवश्यक परेको खण्डमा सबै अगाडी आउनुपर्ने बताए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीति गरिरहेकाले देशमा निराशा फैलाएकाले र देशलाई निकास दिन नसकेकाले कलाकार, पत्रकार र खेलाडीहरु राजनीतिमा आएको बताएका छन् ।
झरिपछिको इन्द्रेणी सिनेमा हेर्न पुगेका सभापति लामिछानेले समानुपातिकको सूचीमा धेरै सेलिब्रेटीहरुलाई राखेको भन्ने प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।
उनले भने- 'जब जब राजनीतिले निकास दिन सकदैन, जब राजनीति गर्छु भनेर बर्षौं जीवन बिताएका मानिसहरुले गरेको राजनीतिले देशमा निराशा फैलाउछ, त्यसले निकास दिन सक्दैन, त्यतिखेर कलाकार पत्रकार खेलाडी सबैजना राजनीतिमा आउछन् । अहिले नेपाल त्यहि फेजमा आएको छ । त्यहि मोडमा आएको हुनाले कलाकार खेलाडी राजनीतिमा देखिनुभएको छ नि, किनकी राजनीति जसले गर्छन् भनेर हामीले विश्वास गरेर हाम्रो सम्पूर्ण भविष्य सुम्पेका थियौं, उनीहरुले हाम्रो भविष्यमाथी खेलवाड गरे । त्यसकारण त्यो खेलवाड सहन नसकेर कलाकारहरु राजनीतिमा आएका हुन् ।'
लामिछानेले कलाकारहरुलाई राजनीतिमा इन्ट्रेस्ट नभएको बताउदै आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पुरा गर्नको लागि राजनीतिमा आएको र आवश्यक परेको खण्डमा सबै अगाडी आउनुपर्ने बताए ।
रास्वपाले गएराती निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सुचीमा कलाकार, खेलाडीसहितका सेलिब्रेटी र अभियान्ताहरु ठुलो संख्यामा राखेको भन्दै रास्वपा भित्र असन्तुष्टि बढेको छ । साथै समानुपातिक सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा देखि कुलमान घिसिङका भान्जासम्म राखेको भन्दै आलोचना भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।