- २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।
काठमाडौं: अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् ।
नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध छैन । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन । रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’
साथै खनालले बोलेका कुरा सबै लागु गर्न सके मात्र आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताए । उनले बोलेका कुरा कतिपय अवस्थामा पूरा गर्न नसकिने उल्लेख गर्दै प्रणालीमा ‘वाक इन द टक’को ठूलो समस्या रहेको बताए ।
उनले भने, ‘सैद्धान्तिक कुराको नेपालमा त्यति मान्य छैन । हामीले के गर्छौं व्यवहारमा त्यो मान्य लाग्छ । जे बोल्छौं त्यहि गर्नको निम्ति कतिपय अवस्थामा सक्दैनौं । प्रणालीमा ‘वाक इन द टक’ को ठूलो समस्या छ । कुनै पनि दायित्व नलिइकन गर्यो भने गर्न सकिन्छ तर त्यही कुरा दायित्व लिएर गर्यो भने गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्र बोल्ने, र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थाल्यौं भने हाम्रो जेनजीले आशा गरे अनुरुपको परिवर्तन सम्भव छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’