उज्यालो नेपाल पार्टीले अस्वीकार गर्यो रास्वपाको प्रस्ताव

२०८२ पुष १२ शनिवार
सारांश
  • बैठकले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार हुने गरि अगाडी सारेको प्रस्ताव अस्वीकार गरेको हो ।

काठमाडौँ: उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव गरेको एकताको मोडालिटी अस्वीकार गरेको छ ।

 

शनिबार बसेको केन्द्रीय समितिको बैठकले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार हुने गरि अगाडी सारेको प्रस्ताव अस्वीकार गरेको हो ।

 

बैठकमा पार्टीका संरक्षक रहेका कुलमान घिसिङले शनिबारनै बालेन शाहसँग भएको छलफल बारे ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी केन्द्रीय सदस्यका अनुसार कुलमानले रास्वपाले बालेनलगायत आफुहरुलाई प्रयोग गर्न खोजेको आशय व्यक्त गरेका थिए । उज्यालो पार्टीले रास्वपाकै नाम र  चुनाव चिन्ह राखेर एकता गर्न नसकिने अडान राखेको बताइएको छ ।

 

त्यस्तै बालेन र रास्वपाबीच हुने भनिएको आजको निर्णायक वार्ता समेत अहिलेसम्म हुन नसकेको बुझिएको छ । कार्यदलस्तरमा सहमति नभएकाले बालेन र रविबीचको भेट निश्चित नभएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार