युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
२०८२ पुष १२ शनिवार
- उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।
काठमाडौं: ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।
मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’
यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य हो । यदि सरकारले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गरी यस्तो वातावरण तयार पार्छ भने सबै युवा नेपालमै बस्ने सम्भावना हुन्छ ।’
यसैगरी उनले आउँदै गरेको चुनावमा सही व्यक्ति चुनेर पठाउन समेत अनुरोध गरे । उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्ने बताए ।
उनले भने, ‘चुनाव आउँदै छ, सही व्यक्ति चुनेर पठाउनुहोला । नेतृत्व सही आउनुपर्छ देश निर्माणको लागि। राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्छ । देशले डेलिभरी खोजेको छ, डेलिभरी दिनसक्ने नेतृत्वलाई जिताउनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।